सम्पति विवरण र कार्यसम्पादन मुल्याङ्कन फारम पेश गर्ने सम्बन्धी सूचना ।

उपर्युक्त विषयमा यस जन्तेढुङ्गा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम चालू आर्थिक वर्ष समाप्त भएको मितिले ६० (साठी) दिन भित्र सम्पति विवरण तोकिएको समय सीमाभित्र अनिवार्य रुपमा बुझाउनुहुन अनुरोध छ। सेवा करारमा कार्यरत कर्मचारीहरुको हकमा तोकिएको ढाँचा बमोजिमको कार्यसम्पादन मूल्याङ्कन फाराम भरी साथमा करार नवीकरणका लागि निवेदन समेत अषाढ मसान्त सम्ममा कार्यालयमा पेस गर्नुहुन अनुरोध छ, साथै स्थायी कर्मचारीहरुको हकमा कार्यसम्पादन मूल्याङ्कन फाराम निजामती सेवा ऐन, २०४९ र स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० बमोजिम श्रावण सात गते भित्र ३ (तीन) प्रति भरी कार्यालयमा पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण तथा कार्यसम्पादन मूल्याङ्कन फाराम पेस नगरेबाट उत्पन्न हुने कानुनी र प्रशासनिक परिणामप्रति कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ ।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 सम्पति विवरण र कार्यसम्पादन मुल्याङ्कन फारम पेश गर्ने सम्बन्धी सूचना । २६ असार, २०८३ JPG